भदौ २७ । बिहीबार राति हृदयाघात भएका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई थप उपचारका लागि थापाथलीस्थित नर्भिकमा सारिएको छ ।
यसअघि उनलाई बाँसबारीस्थित सहिद गङ्गालाल अस्पतालमा भर्ना गरिएको थियो । नेता बोगटीको शल्यक्रिया गरी मुटुको भल्भ खोलिएको थियो। आज बिहान उनको सिटिस्क्यान पनि गरिएको थियो ।
उनको अवस्था बुझ्न राति नै एमाओवादी अध्यक्ष दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, महासचिव कृष्णबहादुर महरालगायत केन्द्रीय नेता तथा कार्यकर्ता अस्पताल पुगेका थिए।
उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले जनाएका छन् ।
Comments