पतिसँगको झगडामा श्रीमतीद्वारा मट्टीतेल छर्केर आत्महत्याको प्रयास

भदौ २६ । महोत्तरीको सहसौला गाविसमा पतिसँगको झगडामा मट्टीतेल छर्केर आत्महत्याको प्रयास गर्दा एक महिलाको आधा शरीर जलेको छ ।

सहसौला गाविस–६ बस्ने जयकिशोर महराकी २३ वर्षीया पत्नी सुशीलादेवी महराले जीउमा आगो लगाएर आत्महत्याको प्रयास गर्दा निजको शरीरको धेरैजसो भाग नराम्ररी जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएराति घरायसी कुरालाई लिएर पतिसँग विवाद हुँदा सुशीलाले घरका सबैजना सुतेपछि आत्महत्याको प्रयास गरेकी थिइन् ।

उनले शरीरमा आगो लगाएको थाहा पाउने बित्तिकै रातिनै उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएको परिवारजनले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।