पौष २२,काठमाडौँ
रनविरसिंह, दिपीका पादुकोण तथा शहिद कपुरको मुख्य भुमिका रहेको पद्मावतीलाई सेन्सर बोर्डले रिलिजको अनुमती दिए पनि  करनी सेनाले बहिस्कार गर्ने चेतावनी दिएको छ ।  फिल्मका निर्माता  र  बोर्डबीच सहमति भए पनि  फिल्म रिलिज भएपछि अराजक स्थिती निम्तीन सक्छ भन्दै सेनाले विरोध गरेको हो । निर्माण आरम्भ गरेदेखि नै विावादमा तानिएको यो फिल्म रिलिज भयो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबारी सरकारले लिनुपर्ने भन्दै सेनाले चेतावनी दिएको छ ।  फिल्म रिलिज हुने हो भने बन्दसम्मका कार्यक्रम ल्याउने तयारी करनी सेनाले गरेको छ।

सरकार र फिल्म मेकरलाई खुला चेतावनीपत्र लेख्दै राजपुत करनी सेनाका अध्यक्ष सुकदे सिंह गोगामेदीले केही भएमा भारतीय जनता पार्टीको सरकार र सेन्सर बोर्ड जिम्मेबार रहनेु भनेका छन्। 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।