विप्लव

भदौ ८ । नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवका छोरा र भतिजी काठमाडौंको चाबहिलस्थित निवासमा अज्ञात व्यक्तिले विष खुवाएर हत्या प्रयास गरेको आशंका गरिएको छ ।

विप्लवका कान्छा छोरा नक्षत्र चन्द र भतिजी मञ्जु चन्द  बेहोस अवस्थामा फेला परेका छन् । निवासमा  बेहोस भेटिएका दुबैलाई राजधानीको ओम अस्पतालको आइसियूमा राखिएको छ ।

उनीहरुलाई बेहोस अवस्थामा छिमेकीले फेला पारेर आफन्तलाई खबर गरेको पारिवारिक स्रोतले जनाएको छ । शनिबार साँझ अभिभावक नभएको मौका छोपी अपरिचित समुहले चाबहिलस्थित निवासमा पुगि जबरजस्ती रुपमा विष सेवन गराएको अनुमान गरिए पनि पुष्टि भएको छैन ।

घटनापछि चन्द निवासमा पुगेको प्रहरीले एउटा विषको खाली बट्टा पनि भेटेको बताएको छ ।

नेता विप्लव भने पार्टी प्रशिक्षण्का लागि राजधानी बाहिर छन् । घटनापछि उनी कार्यक्रम स्थगित गरी काठमाडौं फर्कदैछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।