भदौ ५ । नेपाल प्रहरीले आफ्ना कुनै पनि प्रहरी अधिकृत पक्राउ नपरेको जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत राजन थापामगर र अनुसन्धान सहायक विश्वम्भर आचार्य घुस लिँदालिँदै अख्तियारद्धारा पक्राउ परेका थिए ।

केही मिडियाले प्रहरी अधिकृत पक्राउ गरेको भनेर समाचार सम्प्रेषण दिएपछि नेपाल प्रहरीले विज्ञप्ति जारी गरेर समाचारको खण्डन गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।