हेलोखवर सम्वाददाता
 जाजरकोट ३१ साउन । जाजरकोट रोकायगाउँ गाविसको पारा र स्याला मुलसाममा विहिवार देखि शुक्रवार सम्म परेको भारी बर्षाले विद्युत सेवा बन्द हुनुका साथै दुई गाउँको पुरै मकै वाली नष्ट भएको छ । बर्षाले बाडी,पैरो जानुका साथै आँधी हुरी चले पछि यस्तो भएको हो ।

रोकायगाउँ गाविसकै आयोजनाका रुपमा रहेको गाह्राखोला लघु जलविद्युत आयोजनाको कुलो पैरोले पुरे पछि सनिवार देखि विद्युत सेवा बन्द भएको छ भने भारी बर्षासंगै चलेको आँधीहुरीले पूरै मकैवाली नष्ट पारी दिएको छ । २ दिन सम्म परेको अविरल बर्षा संगै आएको आँधीहुरीले रोकायगाउँको पाटन संग जोडिएका पारा र स्याला मुलसामका किसानहरुले ६ महिना सम्म खाने मकै वाली नै नष्ट पारी दिएपछि किसानहरु निकै ठुलो मर्कामा परेको स्थानिय भुमिलाल रोकायले वताए । उनले दुई दिनको भारी बर्षाले मकै वाली नष्ट गर्नुका साथै वैकल्पीक उर्जा, जिविस र गाविस अनुदान साँढी २ करोड र जनश्रमदान १ करोड गरि साँढी ३ करोडको लागतमा निर्माण गरिएको ८० किलोवाट क्षमता रहेको गाह्राखोला लघु जलविद्युत आयोजनाको पैरोले कुलो नै पुरी दिए पछि १ सय ७० घर धुरी विद्युत सेवावाट बन्चित भएका छन भने ।

आाधीहुरी सहित दूई दिन सम्म आएको अविरल बर्षाले खोला वढेर वारपार गर्नका लागि हालीएका सवै काठेपुलहरु वगाए पछि वारी पारी आवत जावत बन्द भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।