दिप बहादुर घर्ति

 जाजरकोट २१ साउन । दुर्गम र स्थानिय भत्ता मागको विषयलाइ लिएर यहाँका शिक्षक तथा कर्मचारीहरुले काम गर्न छोडेपछि सर्वसाधारण र विद्यार्थीहरु संकटमा पर्दै गएका छन् । दैनिक शिक्षक, कर्मचारीहरु विरोध सभा र जुलुस गर्न थालेपछि समस्या पैदा भएको हो ।

वुधवार पनि दिन भर जिल्लाका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु विरोेध जुलुस र विरोध सभा मै केन्द्रित भए । खलंगा ठाटी वजारवा निकालिएको शिक्षक, कर्मचारीहरुको विरोध जुलुस गैरिखाली, जिल्ला प्रशासन हुदै ठाँटीमा आएर विरोध सभामा परिणत भएको थियो ।

आन्दोलनको नाउँमा  शिक्षकहरुले विद्यालय वन्द गरेपछि  गत एक हप्ता देखि विद्यार्थीहरुको पढाइ वन्द भएको छ भने  कर्मचारीहरुले कार्यालय नजाने गएपनि  पेन डाउन भनेर काम गर्न नमानेपछि सर्वसाधारणहरु मर्कामा परेका हुन् ।

आँखा नदेख्ने अन्धो र कान नसुन्ने बैरो सरकारले आन्दोलनवारेमा  चासो नदिएका कारण दुर्गम तथा विकट गाउँवाट सेवा लिन तीन चार दिनको पैदल हिडेर आएका सर्वसाधारणहरु  समस्यामा परेको स्थानिय अगुवा प्रताव जैसीले वताए । उनले मालपोत, नापी, जिविस, शिक्षा स्वास्थ्य कृषि लगाएत जनताकोवढी सरोकार हुने कार्यालयहरुमा कर्मचारीहरले कामै नगरेपछि टाढाववाट आएका सर्वसाधारणहरु समस्यामा परेका छन भने ।

सरकारले आफनो मागको सुनुवाइ गरेर  दुर्गम तथा स्थानीय भत्ता दिने निर्णय नगरे सम्म आफुहरुले काम नगर्ने  शिक्षक तथा कर्मचारीहरु वताउछन् । कार्यालयमा काम गर्न छोडेर  शिक्षक तथा कर्मचारीहरु धर्ना जुलुुसमा उत्रिएपछि सर्वसाधारण मर्कामा परेको नागरिक समाजका गणेशवहादुर शाहीले बताए ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।