![]() |
तस्बीर: ध्रुव लम्साल,नागरिकबाट |
अपडेटः
अपडेटः लगभग १३ घण्टासम्म जमेको पानी ओभर फ्लो भएर बग्न थालेको छ । सिन्धुपाल्चोकस्थित सुनकोशी नदी थुनिने गरी पहिरो जाँदा ८ जनाको मृत्यु भएको छ, दर्जनौं घाइते भएका छन् । त्यहाँ अहिले पनि करिब २ सयको संख्यामा मानिसहरु हराईरहेको अनुमान गरिएको छ ।
घाइते मध्ये एक दर्जन भन्दा बढीको राजधानीमा उपचार भईरहेको छ ।
पानी बग्न थालेपनि जोखिम भने उस्तै छ । पहाडको ढिस्को झेर बनेको ताल एकैचोटी फुटेमा त्यसले सोच्नै नसक्ने क्षति ल्याउन सक्नेछ ।
सिन्धुपाल्चोकसँगै काभ्रे, दोलखा, रामेछाप, सिन्धुली, उपदयुर, खोटांग, सप्तरी र सुनसरीको कोशी किनारका बसिन्दा सुरक्षित स्थानमा सरिसरेका छन् ।
नदी बग्न अगाडी बम विष्फोट गराइयो
पहिरोको ढिस्को खसेर ताल बनेको सुनकोशी नदीलाई खोल्न नेपाली सेनाको टोलीले विस्फोट गरेको छ।
पानीको सतह पूरा गरी नदिले उत्तरपट्टी आफै खोलेको सानो कुलोलाई चौडा गर्न सेनाको कालिप्रसाद गणले विस्फोट गराएको हो।
पानीले विस्तारै आफ्नो सतह बनाएर बग्न थालेपछि अब पानीको मात्रा नबढ्ने देखिए पनि थुनिए पानी विष्फोट हुने खतरा भने टरेको छैन ।
…………………..
थुनिएको पानी बग्न थाल्यो
सुनकोशीमा पहाडको ढिस्को खसेर थुनिएको पानी बग्न थालेको छ । सुरक्षाकर्मीले विष्फोट गराएर जमेको पानी फुटाउने प्रयास गरिरहेको बेला पानीले आफ्नो सतह पूरा गरी बग्न सुरु गरेको छ ।
राती दुई बजेदेखि अहिले १ बजेसम्म जमेको पानी एकैचोटी फुटेर गएमा त्यसले सुरक्षा जोखिम बढाउने देखिएको छ ।
त्यहाँ पहिरो पनि पूर्ण रुपमा रोकि सकेको छैन ।
……………………..
साउन १७ । सुनकोशी नदी थुनिने गरी सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । ४० जना भन्दा बढीको उद्धार गरिएको छ ।
बाह«विसे बजार पनि उच्च जोखिममा परेको छ । अहिलेसम्म ५० घर डुविसकेका छन् । १०० जना भन्दा बढी हराईरहेको अनुमान गरिएको छ ।
आज बिहान २ बजेदेखि गएको पहिरो अहिले पनि जाने क्रम नरोकिएको स्थानीयहरुले बताएका छन् ।
………….
साउन १७ । बाढीका कारण सिन्धुपाल्चोकको जुरेमा नदी थुनिदा ठूलो दुर्घटनाको खतरा बढेको छ ।
बाह्रबिसेसँग जोडिएको राम्चे ५ को जुरे भन्ने स्थानमा गएको पहिरोले नदी थुनिएको हो । भोटेकोशी र सुनकोशी नदी मिसिसकेपछि नदी थुनिएर खतराको स्थिति उत्पन्न भएको छ । अहिलेसम्म ३ जनाको शव फेला परेको छ । भोटेकाशी थुनिदा करिव ३ दर्जन घर डुवानमा परेका छन् । ज्यान बचाउन नदी छेउका गाउँलेहरु सुरक्षित स्थानमा लागेका छन् ।
नदी थुनिएर ताल बनेपछि जुरेको २०र२५ घर डुवानमा परेका छन् ।अहिलेसम्म ४० घर बगिसकेको छ। ढिस्को खस्नेक्रम जारी रहेका सानिमा हाइड्रो पावर प्रत्यक्ष जोखिममा परेको छ। लामोसांगु,खाडिचौचौर,अधेरी,कोठे,बलेफी,सुकुटे लगायतका स्थानमा त्रासदी फैलिएको छ ।
पहिरो जाने क्रम अहिले पनि रोकिएको छैन ।पहिरोका कारण थुनिएको सुनकासीको बाँध फुट्ने त्रासले लामोसाँघुदेखि दोलालघाटसम्मका अरनिको राजमार्ग छेउछाउ र नदी आसपास बस्तीका बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।
स्थानीय प्रशासनले बाह्रविसे, लामोसाँघु, खाडिचौर, दोलालघाट, विर्तादेउराली लगायत सुनकोशी नदी किरानका गाउँका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।