साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार काठमाडौं आउँदैछन् । उनी हिड्ने बाटोमा भने पूरै सफा सुगर गरिने कार्य धमाधम भईरहेको छ । सडकममा पानी लगाएर पखालिरहेको छ । सिंहदरबारमा पनि रंगरोगन गरिएको छ । राजधानीका सडक सडकमा नेपाल र भारतका झण्डाहरु फराईएको छ ।

यसैबीच, सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर मोदीको भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो।

सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सरकारले राजकीय सम्मान प्रदान गर्ने भएको छ। उनलाई १९ तोपको विशेष सलामी दिइने छ । उनलाई नेपाली सेनाले विशेष सम्मान गरिनेछ।

त्यसपछि विमानस्थलबाट मोदी ह्यात होटलमा जाने छन्। त्यसपछि मोदी दिवाभोजमा सहभागी हुने कार्यक्रम छ। त्यसै दिन प्रधानमन्त्रीले भेट गर्नेछन् । आइतबार अपरान्ह मोदीले संसद्लाई सम्बोधन गर्ने छन्।  त्यसदिन राति प्रधानमन्त्री कोइरालाले मोदीको सम्मानमा सोल्टीमा विशेष रात्रीभोजको आयोजना गरेका छन्। मोदीले सोमबार बिहान पशुपतिमा पूजाअर्चना गर्ने कार्यक्रम छ। त्यसपछि राष्ट्रपतिसँग भेटवार्ताको कार्यक्रम छ। त्यसै दिन दुई देशबीचमा औपचारिक केही समझदारी तथा सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।