साउन । संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनकै भनाई अनुसार पनि गाजाको स्थिति सबैभन्दा जटिल छ ।
त्यहाँ गत जुलाई ८ देखि भएको संघर्षका क्रममा १ हजार ४ सय २२ जना प्यालेष्टायनी नागरिक मारिएका छन् भने ५३ जना इजरायली सैनिक पनि मारिएका छन् ।

गाजामा इजरायलले लगातार हवाई, स्थल तथा जल आक्रमण गर्दा सर्वसाधरण स्कुले तथा बच्चाबच्ची त्यसको सिकार बनेका छन् ।

अमेरिकाले साइलन्स नीति अगाल्दै इजालयको सपोर्ट लिँदा विश्व समुदायले त्यो नरसंहारको साक्षी भएर हेरि मात्रै रहेका छन् । आफ्नो पक्ष इजरायलमाथि भएपछि स्कुले बालबालिका युद्धको सिकार भईरहँदा पनि संयुक्त राष्ट्र संघ निहिर देखिएको छ ।

यसैबीच, इजरायल र प्यालेष्टायनी लडाकु समूह हमासले मानवीयताका लागि भन्दै गरेको ७२ घन्टे युद्धविरामको अवधि नसकिंदै इजरायलले गाजामा गरेको आक्रमणमा कम्तिमा २७ जना प्यालेष्टाइनी मारिएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन र अमेरिकी विदेशमन्त्री जोन केरीको अग्रसरतामा गाजामा ७२ घन्टे युद्धविराम गरिएको थियो । अस्थायी युद्धविरामलाई अझ लम्ब्याउने बारेमा इजिप्टको कायरोमा थप वार्ताहरुको प्रयास भइरहेको बेला इजरायलले आक्रमण गरेपछि विश्व समुदाय आश्चर्यचकित बनेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।