दिप बहादुर घर्ति
जाजरकोट १३ साउन । विहिवार हुने जाजरकोट उध्योग वाणिज्य संघको चुनावका लागि दल निकट व्यापारीहरुको दुइ प्यानल खडा भएका छन् । व्याापारीको चुनावमा दलिय राजनैतिक प्रतिष्पर्दा हुने भए पछि दल निकट व्यापारीहरुको दुई प्यानल खडा भएको हो ।
जाजरकोट १३ साउन । विहिवार हुने जाजरकोट उध्योग वाणिज्य संघको चुनावका लागि दल निकट व्यापारीहरुको दुइ प्यानल खडा भएका छन् । व्याापारीको चुनावमा दलिय राजनैतिक प्रतिष्पर्दा हुने भए पछि दल निकट व्यापारीहरुको दुई प्यानल खडा भएको हो ।
संघको निर्वाचनका लागि गठित निर्वाचन समितिको प्रकाशित निर्वाचन कार्यक्रम अनुसार मंगलवार दुइ प्यानल भएर व्यापारीहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । १५ सदस्यीय कार्य समितीका लागि दुइ प्यानलका ३० जनाले चुनावी प्रतिष्पर्धा गर्न लागेका हुन् ।
सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलहहरु निकट व्यापारीहरुले गठवन्धन वनाएर चुनावी कडा प्रतिष्पर्धा गर्दैछन् । एउटा गठवन्धनमा नेपाली काँग्रेस र नेकपा एमाले निकटका व्यापारीहरुको प्यानल छ भने अर्काे तर्फ एकिकृत माओवादी, राप्रपा, राप्रपा नेपाल र वैद्य माओवादी निकट व्यापारीहरुको प्यानल चुनावी प्रतिष्पर्धामा रहेको छ ।
काँग्रेस एमाले निकट व्यापारीहरुको तर्फवाट एमालेका मुकुन्दप्रसाद शर्मा र अर्काे प्यानलका तर्पवाट निवर्तमान अध्यक्ष कमानवहदुर खड्काले अध्यक्ष पदमा प्रतिष्पर्धा गर्दैछन् । व्यापारीहरुको चुनाव भएपनि आफु र आफनो प्यानल निकटका उम्मेदवारहरुलाइ जिताउन प्रमुख दलका जिल्ला स्तरीय नेता कार्यकर्ताहरु निकै सक्रिय देखिन्छन् ।
सोमवार निर्वाचन समितीले अन्तिम नामावली प्रकासन गर्ने वेला सम्म ५ सय १३ मतदाता रहेका छन् । चुनावी प्रक्रियामा काँग्रेस एमाले गठवन्धनवाट अध्यक्षको उम्मेदवार वनाइएका मुकुन्दप्रसाद शर्माले आफनो पक्षमा २ सय ७० भोट सुरक्षित रहेकोले आफनो जित निस्चित रहेको वताए । उम्मेदवारको क्षमता र योग्यताका आधारमा व्यापारीहरुले पार्टीको प्यानल भन्दा उम्मेदवारको व्यक्तिगत गुणका आधारमा आफुलाइ सघाउने राप्रपा माओवादी प्यानलका अध्यक्ष पदका उम्मेदवार कमानवहादु खड्काले दावी गरे ।
काँग्रेस एमालेका व्यापारीहरुले जम्मा १५ सदस्यीय समितिका लागि काँग्रेसलाइ ९ र एमालेलाइ ६ पदमा भागवन्डा गरेर प्यानल खडा गरेका छन् । प्यानलमा एमालेको तर्फवाट अध्यक्षमा मुकुन्दप्रसाद शर्मा,सचिवमा प्रकाशवहादुर खत्री र अरु ४ जना सदस्यमा प्रतिष्पर्धा गर्दै छन् भने काँग्रेसको तर्फवाट वरिष्ठ उपाध्यक्षमा सत्रुघनकुमार भडेल, उपाध्यक्षमा पारसकुमार वाग्ले, महासचिवमा वुद्धिवहादुर खत्री, कोषाध्यक्षमा वीरप्रकाश रोकाय र अन्य ५ जना सदस्यहरु छन् ।
त्यस्तै राप्रपा माओवादी गठवन्धनको तर्फवाट राप्रपाका तर्फवाट अध्यक्ष पदमा कमानवहादुर खड्का र १ जना सदस्य वरिष्ठ उपाध्यक्ष, वैद्य माओवादीका भद्रवहादुर वली, कोषाध्यक्षमा वसन्तप्रसाद शर्मा र अरु ४ जना सदस्य, उपाध्यक्षमा एमाओवादीका धन बहादुर रावल, महासचिवमा विस्वप्रकाश मल्ल, सचिवमा प्रमिला सिंह र ३ जना सदस्य र राप्रपा नेपालवाट १ जना सदस्य ले चुनावी मैदानमा प्रतिष्पर्दा गर्दैछन् ।
व्यापारीहरुको चुनावलाइ दलहरुले आफनो प्रतिष्ठाको विषय वनाएर नेता कार्यकर्ताहरुले प्रचार अभियानलाइ तिव्रता दिएका छन् । सत्तामा रहेका काँग्रेस,एमाले एकापट्टी र सत्ताको प्रतिपक्षी भएता पनि बलियो जनाधार भएका दुइ माओवादी अर्काेतिर भएर लडिएको व्यापारीहरुको चुनावलाइ सर्वसाधारणले पनि व्यापारीको भन्दा पार्टी पार्टी विचको चुनावको संज्ञा दिने गरेका छन् ।
उम्मेदवार छनोट देखि प्यानल निर्माण तथा प्रचार प्रचार सम्म पुरा सहभागिता र सक्रियता दलका नेता कार्यकर्ताहरुको भएकोले चुनाव व्यापारीको भन्दा पार्टीहरु वीचको भएको स्थानीयहरुले वताउन थालेका छन ।
Comments