काठमाडौं, ५ साउन । नेकपा एमालेका नेता माधवकुमार नेपाल आज छिमेकी भारतको पारिवारिक भ्रमणबाट स्वदेश फर्किएका छन् भने अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण (फलोअप) का लागि बैङ्कक जाँदै छन् ।

नेता नेपाल क्यान्सरको उपचाररत् बसुधा पोखरेलको स्वास्थ्यस्थिति बुझ्न यही साउन १ गते नयाँ दिल्ली गएका थिए । नेता नेपाल आज काठमाडौँ आई गृह जिल्ला रौतहट आईपुगेका छन् ।

यता एमाले अध्यक्ष ओली यसअघि फगंल म्यानेन्जिाइटिसको उपचारका लागि गत वैशाख १७ गतेदेखि थाइल्यान्ड गएर जेठ २० मा स्वदेश फर्किएका थिए ।

अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले टिकट मिलेमा मङ्गलबार वा बुधबार उनी थाइल्यान्ड जानेछन् । ओलीको दायाँ हत्केला सुन्निएकाले त्यसको पनि उपचार गराउने कार्यक्रम छ ।

अध्यक्ष ओलीको उपचार भ्रमणबारे पार्टीले कुनै आधिकारिक जानकारी दिएको छैन ।

यता, एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनाल पत्थरीको शल्यचिकित्सा गरी निवासमा आराम गरिरहेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।