भरतमा यौन व्यवशाय हुने क्षेत्रलाई रेड लाइट एरिया भनिन्छ भने फ्रान्समा एलो लाइट एरिया । काठमाण्डौमा यस्तो क्षेत्रलाई ब्लु लाइट एरिया भन्न थालिएको छ ।

जाने हो ? दुई सय दिन्छु ।’ केटी अलमल्ल पर्छे ।
५ सय रूपैयाँ दिन्छु,के भाउ खोजिरा नि ?।
साँझ साढे सात बजेको छ । ट्याम्पु कुरेर बसिरहेकी केटी केही बोल्न सक्दिन । त्यस अधबैंसेसँग एक प्रकारले आतंकित हुन्छे र पाखा लाग्न खोज्छे ।
बरु छेउमा उभिएकी केटी अर्धबैंसे नजिक पुग्छे र उसको हातको चुरोट तानेर खाँदै भन्छे, ‘कहाँ जानुपर्ने हो ?’
साँझ सबै आ–आफ्ना घरतिर लाग्ने तरखर गरिरहेका बेला एउटा वर्ग भने रत्नपार्क,सुन्धारा,एनएसी गेट,केशर महल,वीर हस्पिटल अगाडि झुम्मिरहेका हुन्छन् । उनीहरुले त्यस एरियाको नामाकरण गरेका छन् –फूलबारी चोक । देशमा लोकतन्त्र आएपछि रत्नपार्कबाट परिर्वतन भएको शंखधरपार्क केहीका लागि फूलबारी चोक बनेको छ । फूलबारी चोक अर्थात शरीर बेच्ने र किन्नेको केन्द्र ।
साँझ पर्न थालेपछि एनएसि अगाडिको रेलिङ,वीर अस्पताल जाने बाटो भद्दा मेकअप पोतेर बसेका युवती प्रशस्त देख्न सकिन्छ । १५/१६ देखि २०/२२ वर्ष उमेरका यी युवतीलाई पछ्याँउदै आइपुग्छन् १६/१७ वर्षका किशोर देखि ५०/६५ वर्षका बुढाहरू । अनि सुरू हुन्छ,शरीरको मोल–मोलाइ । कोही १/२ सय रूपैयाँमा नै राजी हुन्छन् भने कोही हजार रूपैयाँ दिने भनेपछि मात्र जान तयार हुन्छन् ।
साँझ रत्नपार्क र त्यस वरपर पुग्ने हो भने मुखमा मास्क लगाएर बसेका युवाहरूले पछ्याउन थालिहाल्छन् । चुइंगम पट्काएर ध्यान आर्कषण गरेपछि र आँखाले ईशारा दिने गर्छन् । कोही भने छेउमै आएर,‘ जाने हो’? भनेर सोधि पनि हाल्छन् ।
श्ांकधरपार्क भित्र कोही रूखको फेदमा अडेस लागेर बार्गेनिङ गरिरहेका देखिन्छन् भने कोही बसेर नै भाउ मिलाइरहेका हुन्छन् । कतै दुई जना मात्र कुरा गरिरहेका हुन्छन् भने, कतै तीन चार जनाको समूह नै देख्न सकिन्छ । युवतिको हातमा सल्किएको चुरोट देख्नु सामान्य कुरा हो ।
काठमाण्डौ के के न पाइन्छ भनी गाँउघरबाट आएका युवतीहरू यहाँ केही काम नपाएपछि ग्राहक कुर्न रत्नपार्कमा धाउने गरेको सीता दिदी –नाम परिर्वतन) बताउँछिन् । युवतीका हुलमा केही ३०/३५ वर्षका महिला पनि छन् । जो श्रीमानको मृत्युपछि आफ्ना छोराछोरीका पेट पाल्न आफ्नो शरीरको मोलमोलाइ गरिरहेका हुन्छन् । चाँडो पैसा कमाउने लोभमा पनि यहाँ मेही युवती आउने गरेका सीता दिदी बताउँछिन् ।
रत्नपार्क धाउने युवतीहरू भन्छन्‘यहाँ आउनु हाम्रो रहर होइन, बाध्यता हा । ।बा–आमाले पढाइदिएनन् । नपढेकालाई कसले दिन्छ र काम ? बाँच्नका लागि जे पनि गर्नुपर्दो रहेछे ।’ फूलबारी चोकका यी चुँडिएका फूलहरू सबैको कथा उस्तै छ । ‘सुरूमा त निक्कै गाहे भएके थियो । डर पनि लागेको थियो तर अब त बानी परिसक्यो,’भेटिएकी एकजना युवतीले भनिन् ।

फूलबारी चोकका युवतीमध्ये धेरैको चाहना आफ्नो शरीर ग्राहकका लागि योग्य रहेसम्म यही पेशालाई अपनाउने हुन्छ तर केही भने जीवनमा केही राम्रो भइदिए यो पेशा छोड्न चाहन्छन् ।
रत्नपार्कमा भेटिएकी अर्की युवती भन्छिन्,‘हामीलाई बाटो हिँड्ने अरू केटीहरू नराम्रो नजरले हेर्छन् । हाम्रो पनि आफ्नै बाध्यता छ,पीडा छ ।’ पहिले यौन व्यवसाय गर्ने गरेकी सीमा –नाम परिर्वतन) भने अहिले ‘पार्टनर’ राखेर राम्रो जीवन बिताइरहेकी छन् । यो पेशाले भोलि आफूलाई पाल्दैन भन्ने थाहा पाएर नै उनले पार्टनरसँग जीवन बिताउन थालेकी हुन् । भन्छिन्, ‘भरिलो शरीर हुन्जेल रेस्टुरेन्टका साहुले हामीलाई उपयोग गर्छन् । त्यसपछि, फूलबारी चोकमा आउनुपर्छ ।’उनका अनुसार सदरमुकामका होटलमा ग्राहकहरूले मन पउारन छाडेपछि शहर आउनेहरू धेरै छन् । १६/१७ वर्षका युवतीहरू भने गाँउमा भन्दा शहरमा धेरैकमाउन सकिने लोभमा यहाँ आएका छन् ।

यसरी रत्नपार्कमा ग्राहक कुरेर बसेकाहरूलाई काठमाण्डौको एक गैरसरकारी संस्थाले सुरक्षित यौनसम्पर्कका लागि अस्थायी साधन बाँड्ने गर्छ । ५५ वर्षीय सीता दिदी ग्राहकको मन बहलाउने काम मात्र गर्दिनन्,आफ्ना साथीलाई सुरक्षित यौन सम्पर्कका लागि अस्थायी साधन बाँड्ने काम पनि गर्छिन् । यो पेशामा उनी बाध्यताले आएकी होइनन्,पैसाका लागि आएकी हुन् । उनका चारजना छोराछोरी छन् तर कसैलाइृ पनि आमाले गर्ने कामबारे थाहा छैन । साथमा दुधेबालक बोकेर ग्राहको प्रतिक्षामा बसिरहेका पनि भेटिन्छन्,यो क्षेत्रमा ।
सबैले देखेको ठाँउ हो–रत्नपार्क अर्थात् शंखधरपार्क । धेरैले थाहा नपाएको ठाउँ हो– फूलबारी चोक । फूलबारी चोकका यी विवश युवतीका पीडा झन् धेरैले थाहा नपाएको कुरा हो । साभार: farwesternchhori.blogspot.com

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।