कांग्रेस महाधिवेशन आजदेखि चुनावी कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२:३० बजेदेखि बेलुकी ४:०० बजेसम्म तोकिएको छ।

संशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान ९:३० बजेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ भने ९:३० बजेदेखि १०:३० बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी बिहान ११:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशित गरिने उल्लेख छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।