कञ्चनपुर, ३ साउन । महाकाली नदीमा पानीको बहाव खतराको विन्दुभन्दा माथि भएर बग्न थालेपछि कञ्चनपुरमा उच्च सर्तकता अपनाइएको छ ।

नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानका सार्न सुरक्षाकर्मीलाई उच्च सर्तकतामा राखिएको छ ।

स्थानीय बासिन्दालाई सावधान रहन भनिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताए । “पहाडी जिल्लामा पानी पर्नेक्रम लगातार जारी रहेकाले पूर्व सर्तकता अपनाउन लागेका हौँ, प्रमुख जिल्ला अधिकारी घिमिरेले भने ।

आज अपराह्न १ बजेको मापनअनुसार महाकाली नदीको पानीको बहाव दुई लाख ४५ हजार क्यूसेक प्रतिसेकेन्ड पुगेको छ ।

यसैबीच आज कञ्चनपुरका सरकारी कार्यालय, सुरक्षा निकाय र विपद्को क्षेत्रमा कार्य गर्ने सङ्घसंस्थाको पहलमा महाकाली नदीमा विपद्को पूर्व तयारीका लागि अभ्यास कार्यक्रमसमेत गरिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।