लुकाई राखिएको ११ लाख ४३ हजार किलो चिनीको सिलबन्दी

भक्तपुर, २ साउन । मध्यपुरथिमि नगरपालिका–१४ स्थित स्पाइन्डिङ इन्डस्ट्रिज धागो उद्योगभित्र २२ हजार ८७० बोरा चिनी लुकाई राखिएको अवस्थामा भेटिएको छ ।

कालाबजारी गर्ने उद्देश्यले चिनी लुकाएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत उमेश दाहालको नेतृत्वमा गएको टोलीले ती चिनी अवैध भएको आशङ्कामा आज सिलबन्दी गरेको हो ।

धागो कारखानाभित्र ११ लाख ४३ हजार ५०० किलो चिनी त्रिपालले छोपेर लुकाई राखिएको अवस्थामा भेटिएपछि अवैध भएको आशङ्कामा सिलबन्दी गरेको उनले बताए ।

उक्त चिनी महोत्तरीको शशिकान्त अर्यालको भएको बुझिएको बताउँदै उनले चिनी अवैध नभएको प्रमाणसहित प्रशासनमा हाजिर हुन आग्रह गरेको छौँ भने ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।