कञ्चनपुर, १ साउन । एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैजी बगुनका दुई जना युवकलाई पक्राउ गरेको छ ।

दोधारा घर भई फुपूको दैजीस्थित घर जान हिँडेकी ती महिलालाई मोटरसाइकलमा पु¥याइदिने भन्दै वन क्षेत्रमा लगेर बलात्कार गरेको भनिएका दैजी बगुनका विष्णु धामी र कृष्ण अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।