काठमाडौँ, २० पुस । 
काठमाडौंको बिहीबार बिहानको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । 
काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो ।
 काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार चिसो अझै बढ्ने छ । बुधबारको तुलनामा अझ झनै चिसो बढेको छ । 
मौसम सम्बन्धी अनलाइन विवरण अनुसार भोलि शुक्रबार आंशिक रूपमा पानी पर्ने र माइनस २ डिग्रीसम्म तापक्रम झर्ने अनुमान समेत गरिएको छ ।
आज तराईका अधिकांश क्षेत्रमा बाक्लो कुहिरो लागेको छ ।  आज सबैभन्दा कम जुम्लामा ऋणात्मक (माइनस) ६ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा १० डिग्री सेल्सियस छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।