असार ३२ । पाकिस्तानको उत्तर–पश्चिमी आदिवासी सहर दताखेल इलाकामा अमेरिकाले बुधबार गरेको चालकरहित विमान आक्रमणमा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ ।

सो क्षेत्रका स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार बुधबार बिहानैदेखि अमेरिकी ती विमानले सो दाताखेल इलाकामा आक्रमण गरेका थिए ।

स्थानीय टेलिभिजन च्यानल दुनियाका अनुसार पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेको उत्तर वाजिरिस्तानको सीमा क्षेत्र रहेको दताखेल इलाकामा अमेरिकी चालकरहित विमानले चारवटा क्षेप्यास्त्र आक्रमण गरेका जनाइएको छ ।

यस वर्षको सुरुदेखि हालसम्म गरिएको अमेरिकी चालकरहित विमान आक्रमण यो पाँचौ पटकको हो ।
यसवर्ष सुरुदेखि हालसम्म यस इलाकामा गरिएको अमेरिकी मानवरहित विमान आक्रमणमा ४५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कयौँ घाइते  भएको बताइएको छ ।

 उत्तरी वाजिरिस्तानमा पाकिस्तानी सैनिकले आतङ्ककारी विरुद्ध भिषण आक्रमण जारी राखेको यस अवस्थामा अमेरिकाले पनि आक्रमण गरेको बताइएको छ । एजेन्सी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।