एमालेमा ओली अध्यक्ष भएपनि सरकार परिवर्तन हुँदैन : राणा

भक्तपुर, ३२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले एमालेमा नयाँ नेतृत्व आएपनि सरकारको समीकरणमा परिवर्तन नहुने बताएका छन् ।

रफत सञ्चार क्लव भक्तपुरले आज आयोजना गरेकोे साक्षात्कार कार्यक्रममा नेता राणाले तत्काल सरकार परिवर्तन नहुने दाबी गरे ।

ओली एमाले अध्यक्षमा निर्वाचित हुँदैमा राष्ट्रिय राजनीतिमा पनि कुनै फरक नपर्ने उनले बताए ।

अध्यक्ष राणाले पार्टीभित्रका  केही समूहले पार्टीलाई विखण्डनतर्फ लैजान खोजिरहेको बताउँदै सूर्यबहादुर थापाले केन्द्रीय समितिमा पार्टी अध्यक्ष त्यागेपछि १०३ मा ८२ सदस्यले आफूलाई अध्यक्ष बनाएको दाबी गरे ।

पार्टीलाई मिलाउन खोज्दाखोज्दै केही साथीले निर्वाचन आयोगको ढोका घच्चघच्याउनु उचित नभएको उनको भनाइ थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।