दिप बहादुर घर्ति

 जाजरकोट ३० असार । सदरमुकाम खलंगामा आईतवार आयोजित स्रष्टा सम्मान कार्यक्रममा भेरी ज्ञानोदय क्याम्पस प्रमुख मोहन विक्रम शाहले शैक्षिक भ्रमणमा जाजरकोटदेखि दार्जिलिङ्ग र पोखरा जानु नपर्ने वताएका छन ।

आदीकवि भानुभक्त आचार्यको द्घिशतबार्षिकीको अवसमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा बोल्दै प्रमुख मोहन विक्रम शाहले यस्तो कुरा वताएका हुन ।


साहित्यीक नाम मधुकर शाह का नामले चिनिने भेरी ज्ञानोदय क्याम्पस प्रमुख मोहन विक्रम शाहले जाजरकोटको बारेकोट सिल्पाचौरमा रहेको दरिखामे लेक सिङगारका लागी चेलीवेटीहरुले ऐना नहेरे पुग्ने वताए । दारिखामे लेक हेर्दै लोभ लाग्दो त्यति सुन्दर भएको हुदा लेकतिर हेर्दै केटीहरुले आफ्नो सिङगारका लागि मेकप गरे पुग्ने प्रमुख शाहले उल्लेख गरे । जिल्ला भित्रै रहेका यति राम्रा पाकृतिक सुन्दरताको अवलोकन गर्न छोडेर शैक्षिक भ्रमणका लागि अव जाजरकोटवाट शैक्षिक भ्रमणमा पोखरा, दार्जिलिङ जानु नहुने तर्क मोहन विक्रमले गरे ।

आदीकवि भानुभक्त आचार्य द्घिशतबार्षिकी जिल्ला समारोह समिति जाजरकोटले एक भब्य कार्यक्रमको आयोजना गरेर जिल्लाका अग्रज स्रष्टा, साहित्यकार एवं गितकार भेरी ज्ञानोदय क्याम्पस प्रमुख मोहन विक्रम शाह ( मधुकर शाह ) लाई सम्ममान पत्र र दोसल्ला ओराएर सम्ममान गरेको थियो । साथै शाहले जाजरकोटी साहित्यमा गर्नु भएको योगदानको चर्चा कवि हरि सन्दर्भले गरेका थिए ।

विक्रम सम्वत २०२६ सालमा सदरमुकाम खलंगामा जनक पुस्तकालय स्थापना गरेका मोहन विक्रम शाहले २०३४ सालमा मालिका पत्रिका प्रकाशन गरे भने ५० को दशक तिर अंकुर र जाजरकोटी सन्देश पत्रिकाको सम्पादक बनी सकेका शाहले एक दमै चर्चामा आएका गल्बन्धिमा रातोधागो लगाएतका थुप्रै चर्चित गितहरु रेडियो नेपालद्धारा गाई सकेका छन । उनीका विभिन्न पत्र पत्रिकामा थुप्रै गित र कविताहरु छापि सकेका छन । शाह जाजरकोटी साहित्यकारहरुका लागी सधै भरी उत्प्रेणाका श्रोत बनी रहेका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।