असार २९ । निक्कै कडा स्वभावका कारण चर्चा र विवादमा आएका एसएसपी रमेश खरेललाई प्रहरी प्रधान कार्यालयले काठमाडौंबाट सरुवा गरेको छ।

डिआइजी बढुवाको प्रकृयामा ब्रिफकेसको चलखेल काण्डमा विवादमा तानिएका खरेल विदामा बसेकै बेला उनलाई काठमाडौं प्रमुखबाट हटाइएको हो ।

खरेलको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोका उत्तम कार्कीलाई ल्याएको छ। खरेललाई भने हेडक्वाटरको कार्यविभागमा लगिएको छ।

उनी असार २० गतेसम्म विदामा बसेका थिए। उनी विवादमा तानिएसँगै हेडक्टरले डिआइजी विज्ञानराज शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेपछि उनको सरुवाको प्रयास भएको थियो।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।