काठमाडौँ, २८ असार । अखिल नेपाल क्रान्तिकारी होटल तथा रेस्टुराँ मजदुर सङ्घले क्यासिनोमा कार्यरत श्रमिकको बाँकी बक्यौता दिनुपर्ने माग गरेका छन् ।

सङ्घले आज यहाँ पत्रकारसम्मेलन गरी क्यासिनोमा कार्यरत कर्मचारीले पाउनुपर्ने बाँकी बक्यौता पटकपटक माग्दा कुनै सुनुवाइ नभएको गुनासो ग¥यो ।

नेपालमा सञ्चालित क्यासिनोले सरकारलाई राजस्व नतिरेको हुँदा बन्द गरेको अवस्थामा आफूहरू मारमा परेको कर्मचारीको भनाइ छ ।

गत वैशाख ७ गतेदेखिे सम्पूर्ण क्यासिनो अवैधानिक भएको भन्दै सरकारले बन्द गरेको छ । सरकारले क्यासिनो बन्द गरिसकेपछि क्यासिनोमा कार्यरत करिब १० हजारभन्दा बढी मजदुर बेरोजगार भएको सङ्घका अध्यक्ष चेतन राईले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।