असार । काठमाडौंको फुल्टुंगस्थित महालक्ष्मी इंग्लिस हाई स्कुल शनिबार रंगीचंगी थियो । साना तिना भाई बहिनाहरु पनि गुरु पूर्णिमाको अवसरमा आफ्ना गुरु तथा गुरुआमालाई उपहारका साथै शुभकामना दिईरहेका थिए । शनिबार गुरु पूर्णिमा भएपनि विद्यार्थीहरुलाई मर्का नपरोस् भनेर शुक्रबार नै स्कुलले गुरु पूर्णिमा दिवस कार्यक्रम आयोजना गरेको थियो । राष्ट्रिय झण्डा र राष्ट्रिय गानासहित उक्त कार्यक्रम सुरु गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनकममान महर्जनले केही सिक्न र सिकाउन पनि गुरु र शिष्यबीचको सम्बन्ध राम्रो हुन अपरिहार्य रहेको बताए ।
त्यस्तै, अन्य शिक्षक शिक्षिकाले गुरु पूर्णिमाको दिन शुभकामना दिने तथा उपहार दिएर मात्र शिष्यको कर्तव्य पूरा नहुने भन्दै गुरुले दिएको ज्ञान तथा सिप सँधैभरी पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्ना गुरु तथा गुरुआमालाई शुभकामनाका साथै उपहार प्रदान गरेका थिए । त्यस्तै विद्यालयका विभिन्न छात्रछात्राले नृत्य प्रस्तुत गर्नुका साथै, कविता, जोक समेत वाचन गरिएको थियो । कार्यक्रमका केही झलकहरु तस्बीरमा हेर्नुहोस्ः
Comments