बजेट असार २९ गते आउने

काठमाडौँ, २६ असार । सरकारले आगामी आर्थिक वर्षको बजेट यही असार २९ गते व्यवस्थापिका–संसदमा प्रस्तुत गर्ने भएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवास नेम्बाङले अर्थमन्त्रालयबाट बजेट प्रस्तुतिबारे प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी दिएका हुन् ।

उनले आर्थिक वर्ष २०७१/७२ को राजस्व र व्ययको अनुमान व्यवस्थापिका–संसद्को यही असार २९ गते आइतबार अपराह्न ४ बजे बस्ने बैठकमा प्रस्तुत गरिने व्यवस्था मिलाइएको बताए ।

यसअघि, अर्थमन्त्री डा. रामशरण महतले व्यवस्थापिका–संसद्को आजको बैठकमा आर्थिक वर्ष २०७०/७१ को आर्थिक सर्वेक्षण पेस गरे ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।