नेपालगन्ज, २३ असार । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले स्थानीय जयसपुरबाट गएराति १६ किलो ४०० ग्राम अवैध चाँदी बरामद गरेको छ ।

बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनहा हुँदै भारत लैजान लागेको सो चाँदीसहित प्रहरीले मुरादअलि साइलाई पनि पक्राउ गरेको छ ।

यसैबीच, केही महिनाअघि ज्यान मार्ने उद्योगका फरार अभियुक्त डोल्पा सहतारा–४ का मानबहादुर बुढालाई प्रहरीले आज यहाँ पक्राउ गरेको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।