नेमारले विश्वकपमका बाँकी खेल गुमाउने

उपचाररत नेमार 

असार । घरेलु राष्ट्र ब्राजिल जारी विश्वकपमा कोलम्बियालाई हराउँदै सेमिफाइनलमा पुगेपनि उसले आफ्ना स्टार स्ट्राइकरलाई भने घाइते बनाउनु परेको छ ।

कोलम्बियाविरुद्व शनिबार राती भएको क्वार्टरफाइनल खेल दौरान घाइते भएका २२ वर्षिय नेमारको ढाडको हड्डी भाँच्चिएको छ। योसँगै उनले बाँकी खेल गुमाउनुपर्ने भएको छ ।

चिकित्सकका अनुसार नेमारको अप्रेसन गर्नु नपरे पनि केही साता मैदान बाहिररहनुपर्ने अवस्था छ। नेमारकै उत्कृष्ट प्रदर्शनपछि ब्राजिल सेमिफाइनलसम्म आइपुगेको हो। उनले जारी प्रतियोगितामा चार गोल गरेका छन्। कोलम्बियाविरुद्व भएको सुरुआती गोलमा कप्तान थियागो सिल्भाले नेमारकै कर्नर प्रहार सदुपयोग गरेका थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।