सोलुखुम्बु, १९ असार । स्थानीय पाँच वर्षीया बालिका बलात्कार गर्ने बासा–८ सोलुखुम्बुका मङ्गल राईलाई जिल्ला अदालत सोलुखुम्बुले आज १० वर्षको कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश दीपककुमार खरेलको इजलासले आज राईलाई १० वर्षको कैद र पीडित बालिकालाई रु एक लाख क्षतिपूर्ति भराउने आदेश दिएको हो ।
गत चैत २५ गते बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले राईलाई वैशाख ७ गते पक्राउ गरेको थियो ।