विकृति बढेको भन्दै व्यक्तिगत श्रम स्वीकृतिमा रोक

असार १७ । वैदेशिक रोजगारीमा विकृति बढेको भन्दै वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति दिन रोक्ने तयारी गरेको छ ।

पछिल्लो दुई महिनायतादेखि व्यक्तिगत स्वीकृतिमा महिलालाई श्रम स्वीकृति दिन रोक लगाइँदै आएको छ ।

वैदेशिक रोजगार व्यवसायीले नै संस्थागत रुपमा पठाउन छोडी व्यक्तिगत रुपमा पठाउन कामदार पठाउन थालेपछि विभागले रोक्ने तयारी गरेको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

विभाग उच्च स्रोतका अनुसार व्यक्तिगत श्रम र स्वीकृतिमा जानेलाई पनि स्वीकृति रोक्ने तयारी भएको छ । वैदेशिक रोजगारमा जानेलाई ठग्ने क्रम बढेपछि विभाग श्रम स्वीकृति रोक्ने तयारीमा जुटेको हो


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।