असार ९ । मंसिर ४ को निर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको काठमाडौंको निर्वाचन क्षेत्र नम्बर दुईमा भएको संविधानसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका दीपक कुँइकेल विजयी भएका छन्।

कुँइकेलले १८ हजार २ सय मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कृष्णगोपाल श्रेष्ठले १३ हजार ४ सय मत ल्याएका छन्।

त्यसैगरी एमाओवादीका लिलामणी पोखरेलले ४ हजार ६ सय मत ल्याएका छन्।

यो क्षेत्रमा पहिले एमालेमा वरिष्ठ नेता माधव नेपाल झण्डै दस हजारको अन्तरले जितेका थिए। 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।