तस्विरले घटायो गुट्खा खानेको सङ्ख्या

जनकपुरधाम, ३१ जेठ । सरकारले सूर्तिजन्य पदार्थमा अनिवार्यरुपमा क्यान्सर रोगको चित्र प्रकाशन गरेर बिक्री गर्नुपर्ने नियम बनाएपछि गुट्खा खानेको सङ्ख्या जनकपुरमा ह्वात्तै घटेको छ ।

गुट्खा खान छोडेपछि यसको व्यापार पनि ७५ प्रतिशतले कम भएको यहाँका व्यापारीहरु बताउँछन् ।  

सूर्तिजन्य पदार्थको प्याकेटमा क्यान्सर रोगको तस्विर अङ्कित भएपछि पछिल्लो समययता गुट्खा खैनी तथा चुरोको बिक्री समेत प्रभावित भएको छ ।

अहिले बजारमा सर्वत्र पाइने तुलसी, सूर्य चुरोट, घडीछाप खैनी, निधि गुट्खाको खोलमा गलामा क्यान्सर भएको र चुरोटमा मुटुको क्यान्सर भएको तस्विर आउन थालेपछि यसको प्रयोगकर्ता घटेको बताइएको छ ।

जनकपुरको रामनद्य चोकमा पान पसल गरेर बस्ने मोहन भगतका अनुसार गुट्खा खाने अहिले ७५ प्रतिशतले घटेका छन् । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।