उपनिर्वाचनको तयारी अन्तिम चरणमा : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी असार ८ गते हुन गइरहेको संविधानसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

निर्वाचन शिक्षा तथा सूचना केन्द्रद्वारा उपनिर्वाचनको तयारीका बारेमा जानकारी दिन आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न हुने कुरामा कसैले शङ्का नगरे हुन्छ भने ।

‘सबै मत सदर मत, सबै मतदान सहज मतदान’ भन्ने उद्देश्यका साथ उपनिर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्न लागेको चर्चा गर्दै उनले आगामी निर्वाचनहरुमा पनि प्रविधिको प्रयोगलाई व्यापकता दिइने बताए ।

प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मङ्सिर– ४ मा सम्पन्न संविधानसभाको निर्वाचनका विषयमा शङ्का, उपशङ्का गर्ने ठाउँ कतै नरहेको प्रस्ट पारे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।