२६ जेठ । सोलुखुम्बु बेनी–२ का धनी विकको आफ्नै छोराको कुटाइबाट ज्यान गएको छ ।

गएराति १८ वर्षीय छोरो गोविन्द विकले दाउराको चिर्पटले कुटपिट गरेपछि विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिए ।

हत्या गर्ने गोविन्द मृतकका जेठो छोरो हो । हत्यामा संलग्न गोविन्दलाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।