बाजुरा, २५ जेठ । बाजुरा जिल्लाको पूर्वी उत्तर कोल्टी गाविसमा गएराति आएको वर्षाका कारण पहिरोले घर बगाउँदा एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा सोही गाविस वडा नं ८ बस्ने ५८ वर्षीया गोरे रोकाया छन् भने बेपत्ता हुनेमा कोल्टी–२ का ४५ वर्षीया कर बुढाका छोरा पाँच वर्षीय दिनेश बुढा, उनकी छोरी आठ वर्षीया विमला बुढालाई नेपाली सेनाले उद्धार गरेको छ ।

वर्षापछि आएको बाढी पहिरोले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पूर्णरुपमा क्षति हुनुका साथै स्थानीय १३ वटा पसल बगाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसबाट संयुक्त रुपमा उद्धार गर्न सदरमुकाम मार्तडीबाट थप उद्धारटोली त्यसतर्फ गएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।