दिप बहादुर घर्ति
जाजरकोट २४ जेठ । जाजरकोटका विद्यालयहरुमा पाठ्यपुस्तक अभाव भएको छ । जनक शिक्षा सामाग्री केन्द्र नपालगंजले समयमै पाठ्यपुस्तक उपलब्ध नगराउदा पाठ्पुस्तक अभाव भएको हो । 
जिल्लाका ६० प्रतिशत विद्यार्थीहरुले यतिबेला पाठ्यपुस्तक नपाउ“दा पुस्तक विहीन भैरहेका छन् । शैक्षिक सत्र संचालन भएको डेड् महिना वित्दा पनि जिल्लाका ४५ हजार विद्यार्थीहरुकोे हातमा पाठ्यपुस्तक पर्न नसकेको हो । पाठ्यपुस्तक पाएका विद्यार्थीहरुले पनि अपुरो पाठ्पुस्तक पाएका छन् । 
कक्षा ७ का विद्यार्थीले झनै पुस्तक नै देख्न पाएको छैनन् । बालबालिकाहरु पुस्तक विक्री केन्द्र धाउन थालेकोे महिना विति सक्यो तर पुस्तक हातमा पर्न सकेको छैन । किताब नै पाएको छैनन, किताब नहु“दा पढाई पनि हु“दैन, विद्यालय गएर के गर्नु ? त्रिभुवन उच्च माध्यमिक विद्यँलय खलंगाकी ७ कक्षाकी छात्रा समृद्धी शर्माले बताईन् । बालबालिका पढाईका लागि विद्यालयमा आए पनि विद्यार्थीको हातमा पुस्तक नहुदा पठनपाठन सञ्चालन हुन नसकेको प्राचार्य हेरम्बबहादुर शाहले बताए । शिक्षक र विद्यार्थीको विद्यालयमा नियमित उपस्थिती छ, तर पुस्तक नहु“दा पढाई अघि बढ्न सकेका छैने शाहले भने । जसले गर्दा विद्याथीहर्रुको कोर्स पुरा गर्न बाधा पुग्ने उनको भनाई छ ।
विक्रेता पुस्तक आपुर्तीका लागि जनक शिक्षा सामाग्री केन्द्र नेपालगंज गएका गयै छन् । केन्द्रले आज आउछ, भोलि आउछ भन्दै टार्ने गरेको छ । हिजो आज त केन्द्रका कर्मचारीले फोन नै उठाउन छाडेको राजेन्द्र एण्ड देबेन्द्र पुस्तक सदनका प्रोपराईटर देबेन्द्र प्रसाद शर्माले बताए । विद्यार्थी र अािभावकले टाउको खाईसके । हाल सम्म आफुले २ हजार ५ सय सेट पुस्तक मात्र विद्यार्थीलाई वितरण गर्न सकेको शर्माको भनाइ रहेको छ । साझा प्रकाशनले भने पुस्तक नै उपलब्ध गराउन सकेको छैन । जिल्लामा डेड् दर्जन पुस्तक विक्री केन्द्र छन् । ती मध्ये अधिकांशलाई जनक शिक्षा सामाग्री केन्द्र नेपालगंजले पुस्तक उवलब्ध गराउन सकेको  छैन । साझा प्रकाशन भन्दा निजी प्रकाशनका विक्रेताले जिल्लाका डेड दर्जन विद्यालयमा समयमै पुस्तक पुरयाएको शिक्षक भरत सुनारले बताए । साझा प्रकाशनले पढाई शुरु भएको महिना वित्दा पनि पुस्तक उपलब्ध नगराएर विद्यार्थीको भविष्य माथि खेलबाड गरीरहेको छ शिक्षक सुनारल भने । जिल्ला शिक्षा कार्यालयले निजी प्रकाशनको पुस्तक विक्री गर्न सहमती दिए विद्यार्थीले समयमा पुस्तक पाउने उनको भनाई छ ।
जिल्ला शिक्षा अधिकारी गीरमान थापाले भने ५० प्रतिशत पुस्तक विद्यार्थीको हातमा परी सकेको बताउछन् । जिल्लाका ४ सय ५० बढी विद्यालयका ७० हजार विद्यार्थी मध्ये आधा जतिले पाठ्यपुस्तक पाई सकेको थापाको भनाई छ । नपुग पुस्तकका लागि जनक शिक्षा सामाग्री केन्द्र र विक्रेतालाई ताकेता गरेको उनले बताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।