जेठ । पछिल्लो पटक चर्चा र विवादको शिखरमा रहेका काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेल एकमहिने बिदामा बस्ने भएका छन् ।

खरेललाई काठमाडौं प्रमुखबाट हटाउन खोजेपछि निर्वाचन आयोगले तत्काल उनलाई नहटाउन आदेश दिएको छ । एआईजीमा बढुवा हुन डीआईजीहरु ब्रिफकेस बोकेर नेता र मन्त्री कहाँ धाइरहेको अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए । त्यसका विषयमा छानविन समिति बनेको छ भने त्यसले काम गरिरहेको छ ।

एसएसपी खरेलले घरायसी कारण देखाउँदै मंगलबार विदा माग गरेका थिए प्रहरी प्रधान कार्यालयले लगत्तै बिदा स्विकृत दिएपछि खरेल बुधबारबाट विदामा बस्ने भएका हुन् ।

अभिब्यक्तिका कारण गृहमन्त्री बामदेव गौतमले ज्यादै दवाव दिएपछि घटना सेलाओस् भन्नका लागि खरेललाई विदामा राखिएको स्रोत बताउँछ ।

सरुवा वा मूख्यालय झिकाउने निर्णय कार्यान्वयन गर्न नसकेपछि गृहमन्त्री  नैतिक रुपमा पराजित हुने भयो भन्दै आफ्नो शाख जोगाउनको लागि भएपनि खरेललाई कम्तीमा चुनाव सम्मका लागि कतै ब्यवस्थापन गर्न दबाब बढेपछि यस्तो बाटो अपनाइएको स्रोतको दाबी छ ।

पछिल्लो पटकको खरेलसँगको विवाद गृहमन्त्री वामदेवसँग जोडिएर आएको छ । केही समय अगाडी गृहमन्त्री गौतमले एक सार्वजनिक कार्यक्रममा नै खरेलले आफूलाई भेट्न नआएको आक्रोश समेत पोखेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।