अपडेटः
प्यूठानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । भिंगृदेखी कृष्णनगर जादै गरेको पश्चिम नेपाल यातायत व्यवसायी समितिको लु १ ख ३८०३ नम्वरको तिर्थयात्री चढेको बस गोठिबाङ १ लामाचौरमा दुर्घटना भएको हो । दुर्घटनामा ५८ जना घाइते भएका छन् ।

…………………..

जेठ १९ । प्यूठानमा सोमबार साँझ बस दुर्घटना भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

प्यूठानको भिंगृबाट कृष्णनगर जादै गरेको बस गोठिवाङको लामाचौरमा भर्खरै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्वर्गद्वारीबाट तिर्थयात्री लिएर फर्किदै गरेको लु १ ख ३८०३ नम्बरको बस लामाचौरमा दुर्घटना भएको हो ।

बस सडकबाट १ सय मिटर तल माडी खोलामा खसेको प्रहरीले जनाएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।