बुटवल, १७ जेठ । रूपन्देहीको दयानगर गाविस छपियामा सञ्चालित आइफोर्ड (सर्वाङ्गिण ग्रामीण विकासका लागि स्वाबलम्बी) संस्थाले प्रतिव्यक्ति एक रूपियाँ अभियानबाट एम्बुलेन्स खरिद गरेको छ ।

सरकारको राजस्व छुटमा खरिद गरिएको एम्बुलेन्सका लागि रु साढे आठ लाखभन्दा बढी रकम स्थानीयवासीबाटै सङ्कलन गरिएको सचिव भानु अधिकारीले बताए ।

त्यस्तै सो संस्थाले दयानगर गाविसको समग्र विकासका लागि योजनासमेत बनाएको संस्थाका सहसचिव मञ्जिल सुवेदीले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।