जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, १० घाइते

रत्ननगर (चितवन), १६ जेठ । चितवनको रत्ननगरमा जन्ती बोकेको ट्रयाक्टर आज दिउँसो दुर्घटना हँुदा १० यात्रु घाइते भएका छन् ।

पश्चिम चितवनको पटिहानीबाट टाँडीतर्फ जाँदै गरेको ना४त ४७६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।