धनगढी । आगामी असार ८ गते हुने संविधानसभाको उपनिर्वाचनका लागि कैलाली क्षेत्र नं ६ बाट उम्मेदवारी दिएका तीनजनाको उम्मेदवारी रद्द भएको छ ।

उम्मेदवारी रद्द हुनेमा नेपाल सद्भावना पार्टीका निर्मला रिजाल, स्वतन्त्र उम्मेदवार नरेन्द्रसिं देउवा र नेपाल आमा पार्टीका गोरखबहादुर रावत रहेका छन् ।

 निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश यज्ञराज भट्टले यी तीनजनाको नाम यसअघि भएको चुनावमा समानुपातिक उम्मेदवारको बन्द सूचीमा समावेश भएको पाइएकाले उम्मेदवारी रद्द भएको बताए ।

समानुपातिक उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएकाले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुन नपाइने संविधानसभा निर्वाचन ऐनमा व्यवस्था गरिएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।