जेठ १३ । द्वन्द्वकालमा तत्कालीन राज्य पक्षबाट मारिएका पत्रकार कृष्ण सेनको स्मृतिमा क्रान्तिकारी पत्रकार सङ्घ र क्रान्तिकारी पत्रकार महासङ्घले मंगलबार प्रभातफेरी गरेको छ ।
शान्ति बाटिकाबाट सुरु भएको र्याली बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादी नेता अग्निप्रसाद सापकोटाले जनताको पक्षमा संविधान नबन्दासम्म द्वन्द्वकालमा मारिएका कोही कसैले पनि न्याय नपाउने बताए र द्वन्द्वकालमा मारिएका सञ्चारकर्मीका परिवारलाई उचित राहत प्रदान गर्न र हत्यामा सङ्लग्नहरूलाई कारबाही गराउन सबैको सहयोग आवश्यक रहेको सापकोटाको भनाई छ ।
नेकपा(माओवादीका प्रवक्ता पम्फा भुसालले पत्रकार सेनलगायतका हत्याराहरूलाई कारबाही गर्नुको साटो पुरस्कृत गरिएको भन्दै आपत्ति प्रकट गरिन् । भुसालले द्वन्द्वकालका घटनाहरू छानबिनका लागि बनाउन लागिएको सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडित पक्षलाई न्याय देला भन्नेमा आशङ्का रहेको बताइन् । कार्यक्रममा क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको कलम बन्द गर्न खोज्नेहरू आफैं तह लागेको बताए ।
प्रभात फेरिपछि आयोजित कोणसभामा इच्छुक पत्नी तक्मा केसी, इच्छुकका हत्यारालाई कारबाही गर उल्लेखित प्लेटका साथमा । |
Comments