जेठ १३ । प्रहरी मुख्यालयले काठमाडौं प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेललाई काठमाडौं प्रमुखबाट हटाएको छ । मर्यादा विपरीत आफ्नो संगठनका अधिकारीको विपक्षमा अभिब्यक्ति दिएको भन्दै उनलाई मुख्यालय सरुवा गरिएको छ ।

काठमाडौं प्रमुखमा भने केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई पठाउने भएको छ ।

सरुवाको निर्णय गरिए पनि असार ८ गते संविधानसभाको उप निर्वाचन हुने भएकाले मङगलबार निर्वाचन आयोगको सहमति लिएर मात्र सरुवा गरिने भएको छ ।

खरेलले केही दिन अगाडी राजधानीमा आयोजित एक सार्वजानिक कार्यक्रममा केही बरिष्ठ अधिकारी नायब महानिरीक्षक (डिआईजिपी) हरु बढुवाका लागि ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाउने गरेको अभिब्यक्ति दिएर विबादमा तानिएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।