एमाओवादी चुनावः हिसिला, दीनानाथ, लीलामणि, रामचन्द्र लगायत पराजित

जेठ १२ । एकीकृत नेकपा माओवादीको स्थायी समिति तथा पोलिटब्यूरो निर्वाचन प्रक्रियाबाट टुंगो लगाइएको छ ।

स्थायी समितिका लागि सोमबार भएको निर्वाचनमा बरिष्ठ नेताहरु दीनानाथ शर्मा, लीलामणि पोखरेल, हिसिला यमी र एमालेबाट आएका रामचन्द्र तथा उर्मिला अर्याल पराजित भएका छन् ।

स्थायी समितिका लागि भएको निर्वाचनमा पोष्टबहादुर बोगटीले सबैभन्दा बढी १०३ मत पाएका छन् भने त्यसपछि डा. बाबुराम भट्टराईले ९९ मत पाएका छन् ।

निर्वाचित अन्य स्थायी समिति सदस्यहरुमा नारायणकाजी श्रेष्ठले ८६, कृष्णबहादुर महराले ९०, टोपबहादुर रायमाझीले ७०, गिरिराजमणि पोखरेलले ७८ रहेका छन् ।

त्यसैगरी हरिबोल गजुरेलले ८८, अग्नि सापकोटाले ८३, शक्ति बस्नेतले ८२ र जनार्दन शर्माले ९२ मत नन्दकिशोर पुन पासाङले ६७ मत पाएका छन् भने देवेन्द्र पौडेलले ७२, चक्रपानी खनाल बलदेव ६६ र गोपाल किरातीले ६२ मत प्राप्त गरेका छन् ।

यस्तै वर्षमान पुनले ९४ मत लोकेन्द्र विष्ट ७५ मत सहित विजयी भए ।

विजयीमध्ये ११ प्रचण्ड पक्षका छन् भने बाबुराम पक्षका तीन र नारायणकाजी श्रेष्ठ पक्षका दुर्इजना रहेका छन् ।

चुनावमा कूल ११६ मत खसेकोमा ६ मत बदर भएको थियो ।

यसअघि आइतबार पोलिटब्यूरो सदस्यका लागि निर्वाचन सम्पन्न भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।