स्ववियु निर्वाचन स्थगित, अर्को मिति केही दिनमा तोकिने

जेठ ९ । स्वतन्त्र विद्यार्थी युनियनको यही १८ मा गर्ने भनिएको निर्वाचन स्थगित भएको छ ।

 त्रिभुवन विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच शुक्रवार  भएको दोस्रो चरणको वार्तामा स्ववियु निर्वाचन स्थगित गर्ने सहमति भएको हो ।

स्ववियू निर्वाचनको अर्को मिति भने तय भएको छैन । त्रिविले अब एक दुर्इ दिनभित्रैमा निर्वाचनको अर्को मिति घोषणा गर्ने बताइएको छ ।

यसअघि निर्वाचनको विपक्षमा रहेको अखिल क्रान्तिकारीसहितका १९ विद्यार्थी संगठनले निर्वाचनको मिति सार्न माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।