जेठ २ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामासहित अन्य ६ जना बर्खास्त भएका छन् ।

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले लामासहित ६ जनालाई बर्खास्त गरेका हुन् ।

बर्खास्तमा पर्नेहरुमा सदस्य सचिव लामा, सदस्यहरु इन्द्रबहादुर थिङ, मुकुन्द पहरी, नम्बर शेर्पा, पहलसिंह घर्ती र कुसुम श्रेष्ठ छन् ।

तत्कालका लागि खेलकुद परिषदको सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुणामणि पौडेललाई नियुक्त गरिएको छ ।

यता, बर्खास्त गरिएका लामाले भने आफूहरुको बर्खास्ती गैरकानुनी भएको भन्दै कडा आपत्ती जनाएका छन् । बर्खास्तको विरुद्धमा कानुनी कमद चाल्ने उनले बताएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।