जेठ १ । मेसिन रिडेवल पासपोर्ट (एमआरपी) भएकाहरुले मात्रै जेठ १ गतेदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पाउने भएका छन् ।
अब वैदेशिक रोजगारीमा जाने कामदारले हस्तलिखित राहदानीबाट श्रम स्वीकृति नपाउने भएका हुन् ।
जेठ १ गते अघि नै भिसा आइसकेकाहरुले भने एमआरपी बनाउन निवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपीसहित निवेदन दिएको अवस्थामा मात्र हस्तलिखित राहदानीबाट श्रम स्वीकृति दिइने बताइएको छ ।
त्यस्तै पुनः श्रमस्वीकृतिको हकमा एमआरपीको निवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपी संलग्न राखी निवेदन दिएमा हस्तलिखित राहदानीबाट पुनः श्रमस्वीकृतिका लागि स्वीकृति दिइने भएको छ ।
विसं २०७२ मंसिरदेखि हवाइ यात्राका लागि विश्वभर अनिवार्य रुपमा एमआरपी राहदानी लागू गर्ने प्रावधान लागू भएपछि नेपाली कामदारलाई सहज होस् भनेर आफूहरुले जेठ १ देखि श्रमस्वीकृतिका लागि एमआरपी अनिवार्य गर्न लागिएको हो ।
Comments