वैशाख ३१ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई अस्पताल भर्ना गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई सघन उपचार कक्ष (आइसियू)मा राखिएको छ। अचानक ज्वरो आएर श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ उनलाई अस्पताल भर्ना गरिएको हो ।
नेपालका सहयोगी मोहन गौतमले भने उनलाई खासै केही नभएको तर सामान्य ज्वरो आएकाले अस्पताल भर्ना गरिएको बताएका छन् ।
Comments