वैशाख ३१ । गृहमन्त्री बामदेव गौतमले मानव बेचबिखनबिरुद्धको अभियानमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।
माइती नेपालले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मानव बेचबिखन गम्भीर अपराध भएकाले नियन्त्रणका लागि सबै पक्षको प्रयास आवश्यक भएको औल्याए ।
गौतमले मानव बेचबिखनको सञ्जाललाई निस्तेज पार्ने सरकारी अभियानमा सघाउन सबैसँग आग्रह समेत गरे । 
कार्यक्रममा उनले विभिन्न प्रलोभनमा नेपाली चेलीबेटीलाई भारत, खाडी तथा अफ्रिकी मुलुकमा पु¥याएर बेचिने गरेको भन्दै चेलीबेटी बेचबिखनसम्बन्धमा कडा कानुन बनाउने प्रतिबद्धता व्यक्त गरे ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।