वैशाख २९ । सरकराले २१ जिल्लाका सिडिओ र ८ जिल्ला शिक्षा अधिकारीको सरुवा गरेको छ ।
गृह मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार स्याङजाका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार राउतलाई कास्की, विरेन्द्र कमार यादवलाई सप्तरी , दिनेश भट्टराई दाङ,भगीराज इङनाम धनकुटा, सुर्दशन प्रसाद ढकाल सुनसरी र अनिल कुमार ठाकुरलाई भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ।
यस्तै गृहले केशव राज घिमिरेलाई मकवानपुर , केदार न्यौपाने काभ्रे, रबीलाल पन्थ महोत्तरी, हरि प्रसाद मैनाली नवलपरासी,राम प्रसाद थपलिया उदयपुर , दिनेश प्रसाद घिमिरे स्याङजा र दिल वहादुर घिमिरेलाई सुर्खेतको सिडिओ बनाएको छ।
त्यसैगरी कपिलवस्तुका सिडिओ कृष्णचन्द्र घिमिरेलाई कञ्चनपुर,गोबिन्द बहादुर कार्कीलाई डोटी, पर्शुराम अर्याललाई बारा, मदन भुजेललाई रौतहट, बिनोद प्रकाश सिंहलाई कपिलवस्तु, कृष्ण प्रशाद ढुंगनालाई धनुषा, अब्दुल कलाम खॉलाई सिरहा र दुर्गाप्रसाद पोख्रेललाई सर्लाही जिल्लाको सिडिओ बनाएको छ। यसैगरी गृहमन्त्रालयले दिपक काफ्लेलाई सह क्षेत्रीय प्रशासक धनकुटा, राज कुमार श्रेष्ठलाई सहक्षेत्रिय प्रशासक सुर्खेत, पुरुषोत्तम कुवरलाई सहक्षेत्रिय प्रशासक हेटौडा र दुर्गा प्रशाद भण्डारीलाई सहक्षेत्रिय प्रशासक पोखरामा खटाएको छ।गृहमन्त्रालयले काठमाडौ र ललितपुरका प्रजिअलाई चलाएको छैन।
यता, शिक्षा मन्त्रालयले गरेको जिल्ला शिक्षा अधिकारीको सरुवा अनुसार सिन्धुलीमा गणेश ढकाल, उदयपुरमा हरिहर धिताल, रुकुममा मित्रमणि खनाल, पाल्पामा टोपबहादुर श्रेष्ठ, अर्घाखाचीमा हरिप्रसाद अर्याल छन् ।
त्यस्तै सप्तरीमा लालजंग चौहान, बारामा मुकुन्दमणि खनाल, नुवाकोटमा श्यामसिंह धामी छन् । त्यस्तै तीन जना सहसचिवको पनि सरुवा गरेको छ । मन्त्रालयको उच्च शिक्षा मशाखाका सूर्यप्रसाद गौतमलाई अनुगमन, अनुगमनका खगराज बराललाई शैक्षिक जनशक्ति विकास केन्द्र र केन्द्रका डिल्लीप्रसाद रिमाललाई उच्च शिक्षा महाशाखामा सरुवा गरेको छ ।