बिरामीको भेषमा चिकित्सकको अपहरण

वैशाख २९ । सिरहामा बिरामीको भेषमा आएको एक समूहले चिकित्सकको अपहरण गरेको छ ।

सिरहाको धनगढी गाउँ विकास समिति वडा नम्बर २ छपराडीस्थित रोशनी स्काई पोली क्लिनिकका सञ्चालकको अपहरण भएको हो ।

गएराति विरामीको भेषमा आएका चार जनाले सञ्चालक एवं चिकित्सक वीरेन्द्रकुमार महतोको अपहरण गरेका हुन् ।

घटनालगत्तै महतो परिवारले प्रहरीलाई खबर गरेपनि हालसम्म उनको अवस्था अज्ञात छ ।

अपहरणकारीहरुले हाम्रो विरामी आउँदैछ केहीबेर बस्नु भन्दै डाक्टर महतोलाई अपहरण गरेको उक्त क्लिनिकमै कार्यरत अछमीत लाल चौधरीले बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।